Dhulikhel Eco Banner new

मितेरी डेभलपमेन्ट बैंकको २१औँ साधारण सभा पुस ४ गते, ११ प्रतिशत लाभांश प्रस्ताव

247
shares

काठमाडौं, ९ मंसिर । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्ने घोषणा गरेको लाभांश अनुमोदनका लागि २१औँ वार्षिक साधारण सभा बोलाएको छ ।

बैंकले आगामी पुस ४ गते शनिबार सुनसरी उद्योग वाणिज्य संघ, धरानमा साधारण सभा आयोजना गर्ने जनाएको छ । सभा बिहान १० बजे सुरु हुनेछ ।

सभामा शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पेस गरिनेछ । उक्त प्रस्ताव पारित भएसँगै शेयरधनीले घोषित लाभांश प्राप्त गर्ने बाटो खुल्नेछ ।

त्यस्तै, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनसम्बन्धी प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा पेस हुनेछ । यसका साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, संस्थापक शेयरधनीका तर्फबाट तीन जना सञ्चालक निर्वाचित गर्ने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावसमेत सभाको कार्यसूचीमा रहेका छन् ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले मंसिर १६ गतेदेखि पुस ४ गतेसम्म शेयर दाखिला खारेज (बुक क्लोज) गर्ने भएको छ ।

यसअनुसार मंसिर १५ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीले बैंकको साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।