Dhulikhel Eco Banner new

तोलामा सुनको मूल्य ६ हजार ५०० रुपैयाँले घट्यो, चाँदी पनि १०५ रुपैयाँले सस्तियो

247
shares

काठमाडौं, ९ मंसिर । नेपाली बजारमा सुनको मूल्यमा ठूलो गिरावट आएको छ। आज सुनको मूल्य प्रतितोला ६ हजार ५०० रुपैयाँले घटेर २ लाख ४१ हजार ४०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघ (फेनगोसिडा) का अनुसार तेजाबी सुनको मूल्य पनि प्रतितोला ६ हजार ५०० रुपैयाँले घटेको छ। अघिल्लो दिन प्रतितोला २ लाख ४७ हजार २०० रुपैयाँ रहेको तेजाबी सुन आज २ लाख ४० हजार ७०० रुपैयाँमा झरेको छ।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला १०५ रुपैयाँले घटेर ३ हजार ४० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार १४५ रुपैयाँमा कारोबार भएको थियो।