Dhulikhel Eco Banner new

सर्वोत्तम पेन्ट्सको म्युचुअल फन्डतर्फको ४२ हजार ५०० कित्ता सेयरको लकइन अवधि पुस १० मा सकिँदै

338
shares

काठमाडौं, ९ मंसिर । सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेड (SAPIL) ले म्युचुअल फन्डका लागि छुट्याइएको ४२ हजार ५०० कित्ता साधारण सेयरको लकइन अवधि आगामी पुस १० गते समाप्त हुने जनाएको छ।

कम्पनीले सार्वजनिक गरेको सूचनाअनुसार म्युचुअल फन्डका लागि छुट्याइएका उक्त सेयरको अनिवार्य ६ महिनाको लकइन अवधि पुस १० गते सकिन लागेको हो। लकइन अवधि समाप्त भएसँगै उक्त सेयर कारोबारका लागि योग्य हुनेछन्।

कम्पनीको चुक्ता पुँजी ३४ करोड रुपैयाँ रहेको छ। कुल ८ लाख ५० हजार कित्ता सेयरमध्ये ५ प्रतिशत अर्थात् ४२ हजार ५०० कित्ता सेयर म्युचुअल फन्डका लागि छुट्याइएको थियो।

अनिवार्य ६ महिनाको लकइन अवधिमा राखिएका यी सेयर अवधि समाप्त भएपछि तोकिएको मितिदेखि कारोबार गर्न सकिने कम्पनीले जनाएको छ।

कम्पनीले उक्त जानकारी सम्पूर्ण लगानीकर्ता तथा अन्य सरोकारवालालाई गराउने उद्देश्यले सूचना प्रकाशित गरेको हो।