Dhulikhel Eco Banner new

नेप्से प्रि-ओपन सेसनमा ४.८३ अंकको वृद्धि

793
shares

काठमाडौं, ९ मंसिर । बुधबारको प्रि-ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.८३ अंकले बढेर २६४३.७९ विन्दुमा पुगेको छ। यसअघि मंगलबार नेप्से परिसूचक १५.३९ अंकले बढेर २६३८.९५ विन्दुमा बन्द भएको थियो।

बुधबारको प्रि-ओपन सेसनमा सेन्सेटिभ इण्डेक्स पनि १.४४ अंकले वृद्धि भएको छ।

उक्त सेसनमा ६९ वटा स्टकको ११६ पटक कारोबार भएको थियो। यस अवधिमा कुल २ लाख ४३ हजार ४३९ कित्ता शेयर खरिदबिक्री हुँदा ११ करोड १८ लाख ६२ हजार ४२६ रुपैयाँ बराबरको कारोबार भएको छ।

कारोबारमा सहभागी स्टकमध्ये २९ वटाको मूल्य वृद्धि भएको छ भने २९ वटाको मूल्य घटेको छ। त्यस्तै, ११ वटा स्टकको मूल्यमा कुनै परिवर्तन देखिएको छैन।