हिमालयन लघुवित्तले माग्यो ३० जना कनिष्ठ सहायक
वि.सं.२०८३ मंसिर ९ बुधवार १२:३९
988
shares
shares

काठमाडौं, ९ मंसिर । हिमालयन लघुवित्त वित्तीय संस्थाले ३० जना कनिष्ठ सहायक पदका लागि कर्मचारी माग गरेको छ। संस्थाले मंसिर ९ गते सूचना प्रकाशित गर्दै उक्त पदका लागि दरखास्त आह्वान गरेको हो।
संस्थाका अनुसार कनिष्ठ सहायक पदमा आवेदन दिन इच्छुक उम्मेदवारले न्यूनतम एसएलसी वा सोसरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ। कम्प्युटरसम्बन्धी ज्ञान भएका उम्मेदवारलाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ।
उक्त पदका लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन पेस गर्नुपर्नेछ।

















