Dhulikhel Eco Banner new

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा २५ अर्ब रुपैयाँभन्दा बढी मुद्दति निक्षेप राख्ने

1.11K
shares

काठमाडौं, ९ मंसिर ।  नेपाल राष्ट्र बैंकले विभिन्न कोषमा रहेको २५ अर्ब ७ करोड ४७ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ।

केन्द्रीय बैंकले उक्त रकम मुद्दति निक्षेपमा राख्नका लागि बैंक तथा वित्तीय संस्थासँग ब्याजदर प्रस्ताव माग गरेको छ। यसका लागि मंसिर ११ गते राति १२ बजेसम्म ब्याजदर प्रस्ताव पेस गर्न राष्ट्र बैंकले आह्वान गरेको छ।

राष्ट्र बैंकका अनुसार कुल लगानीमध्ये वाणिज्य बैंकमा २० अर्ब ५ करोड ९८ लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ३ अर्ब ७६ करोड १२ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा १ अर्ब २५ करोड ३७ लाख रुपैयाँ राखिनेछ।

उक्त निक्षेप ३६६ दिनका लागि लगानी गरिनेछ। केन्द्रीय बैंकका अनुसार लगानी अवधि सन् २०२६ डिसेम्बर ७ देखि २०२७ डिसेम्बर ७ सम्म रहनेछ।