Dhulikhel Eco Banner new

मिथिला लघुवित्तले शेयरधनीलाई १० प्रतिशत लाभांश दिने

572
shares

काठमाडौं, ११ मंसिर । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड (MLBBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

लघुवित्तको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १० प्रतिशतका दरले लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांशमध्ये ९.५० प्रतिशत बोनस शेयर र ०.५० प्रतिशत नगद लाभांश रहेको छ । नगद लाभांश बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि वितरण गरिनेछ ।

लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी शेयरधनीलाई वितरण गरिनेछ ।