Dhulikhel Eco Banner new

सुन तोलामै ३ हजार ३०० रुपैयाँले महँगियो, चाँदीको मूल्य पनि बढ्यो

741
shares

काठमाडौं, ११ मंसिर । नेपाली बजारमा सुन तथा चाँदीको मूल्यमा वृद्धि भएको छ । शुक्रबार सुन प्रतितोला ३ हजार ३०० रुपैयाँ र चाँदी १२० रुपैयाँले महँगिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला २ लाख ४६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन बिहीबार सुन प्रतितोला २ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार शुक्रबार चाँदी प्रतितोला ३ हजार १९५ रुपैयाँ पुगेको छ । बिहीबार चाँदी प्रतितोला ३ हजार ७५ रुपैयाँमा कारोबार भएको थियो ।