Dhulikhel Eco Banner new

प्रि–ओपन सेसनमै नेप्से १४ अंकले ओरालो, ३८ कम्पनीको शेयर मूल्य घट्यो

585
shares

काठमाडौं, ११ मंसिर । साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजारको प्रि–ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । यस सेसनमा नेप्से १४.०८ अंकले घटेर २ हजार ६२२.६७ विन्दुमा झरेको हो ।

अघिल्लो कारोबार दिन बिहीबार नेप्से परिसूचक १०.८९ अंकले घटेर २ हजार ६३६.७५ विन्दुमा बन्द भएको थियो । शुक्रबारको प्रि–ओपन सेसनमा सेन्सेटिभ इण्डेक्स पनि ४.१६ अंकले घटेको छ ।

शुक्रबार प्रि–ओपन सेसनमा ५७ वटा स्टकको ९२ पटक कारोबार भएको छ । उक्त कारोबारमा ६० हजार ३३ कित्ता शेयर खरिदबिक्री हुँदा ३ करोड ८२ लाख ५ हजार ३२१ रुपैयाँ ९० पैसाबराबरको कारोबार भएको छ ।

यस अवधिमा १२ वटा स्टकको मूल्य बढेको छ भने ३८ वटाको मूल्य घटेको छ । बाँकी ७ वटा स्टकको मूल्य भने स्थिर रहेको छ ।