Dhulikhel Eco Banner new

चार महिना यताकै उच्च कोरोना, पछिल्लो २४ घण्टामा २२९ जनामा पुष्टि

5.25K
shares

काठमाडौं, ३२ असार । नेपालमा पछिल्लो २४ घण्टामा २२९ जना कोभिड १९ संक्रमित थपिएका छन् । आज थपिएका सक्रमितको संख्या पछिल्लो चार महिना यताकै उच्च हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक दिनमा कुल तीन हजार ७१८ नमुना परीक्षण भएको थियो । त्यसमध्ये एक हजार ६४४ पीसीआर परीक्षण गर्दा १६१ जना र दुई हजार ७४ एन्टिजेन परीक्षण गर्दा ६८ जना कोभिड १९ पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

शुक्रबार कोरोना मुक्त हुने भने ४८ जना छन् । हाल देशमा सक्रिय संक्रमितको संख्या एक हजार २८४ रहेको छ । केहि समय यता कोभिड १९ का कारण निधन हुनेको संख्या शुन्य रहेको छ ।