बरुण हाइड्रोपावरको शेयरमूल्य समायोजन
वि.सं.२०७९ साउन २ सोमवार १२:३६
shares

काठमाडौं, २ साउन । बरुण हाइड्रोपावर कम्पनी लिमिटेड (BARUN) को शेयरमूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायोजन भएको छ ।
कम्पनीले हकप्रद निष्काशन प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले यस दिन कम्पनीको १०० प्रतिशत हकप्रद शेयर समायोजन भएको छ। समायोजनपश्चात कम्पनीको शेयरमूल्य २७१ रुपैयाँ ५० पैसा कायम भएको छ ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात आइतबार, दोस्रो बजारमा कम्पनीको शेयर प्रतिकित्ता ४४३ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
कम्पनीले हाल कायम चुक्ता पूँजी २६ करोड ७९ लाख ७ हजार ५०० रुपैयाँको शेयर प्रतिशत अर्थात बराबरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।
चुक्ता पूँजीको शत प्रतिशत हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ पुग्नेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैकिङ्ग रहेको छ ।









