कृषि तथा वन विज्ञान विश्वविद्यालयले माग्यो नौ जना सहप्राध्यापक
वि.सं.२०७९ साउन २ सोमवार १३:५७
shares

काठमाडौं, २ असार । कृषि तथा वन विज्ञान विश्वविद्यालय सेवा आयोग कार्यालय रामपुर, चितवनले आन्तरिक तथा खुला प्रतिस्पर्धामार्फत नौ जना सहप्राध्यापक माग गरेको छ ।
उक्त विश्वविद्यालयले कृषि, पशु विज्ञान तथा वन संकायतर्फ खुल्ला प्रतिस्पर्धामार्फत् नौ जना सहप्राध्यापक माग गर्दै सूचना निकालेको हो ।
बाली विज्ञान, बागवानी विज्ञान, माटो विज्ञान, कृषि तथ्यांक शास्त्र, भेटेरिनरी माइक्रोबायोलोजी, भेटेरिनरी सर्जरी, फरेष्टी र फरेष्टी म्यानेजमेन्ट विषयका लागि नौ जना सहप्राध्यापक माग भएको हो ।
त्यसैगरी विश्वविद्यालयले आन्तरिकतर्फ पनि १५ जना सहप्राध्यापक माग गरेको छ। उक्त विश्वविद्यालयले खुलातर्फ तोकिएको योग्यता पुगेका नेपाली नागरिकहरुलाई दरखास्त पेश गर्न भनेको छ ।










