एसवाई प्यानलले टिकटक प्रतियोगिता गर्दै
वि.सं.२०७९ साउन ३ मंगलवार १४:३४
shares

काठमाडौं, ३ साउन । सएवाई प्यानलले टिकटक प्रतियोगिता आयोजना गर्ने भएको छ । कोरियन प्रविधिको स्यान्ड्विच प्यानल उत्पादन गर्ने कम्पनी एसवाई प्यानल नेपालले टिकटक प्रतियोगिताको आयोजना गर्न लागेको हो ।
प्रतियोगितामा सहभागि हुने व्यक्तिहरुले साउन ६ गतेदेखि भदौ ६ गतेसम्म भिडियो पोस्ट गर्नु पर्ने छ । प्रतियोगितामा भाग लिने प्रतियोगिले कम्पनिको अफिसियल भिडियोको ओरिजिनल साउन्डमा भिडियो बनाउनु पर्नेछ ।
प्रतियोगिताको बिजेताले डेढ लाख नगद रुपैयाँ पाउने छन् । दोस्रो हुने दुई जनालाई एक लाख नगद रुपैयाँ प्रदा नगरिने छ । त्यस्तै तेस्रो (तीन जना) लाई ७५ हजार प्रदान गनिरै आयोजकले जनाएको छ । चौथो (चार जना) लाई चालीस हजार र पाचौँ हुने (पाँच जना) लाई प्रतिव्यक्ति ३० हजारका दरले पुरस्कार प्रदान गरिने एसवाई प्यानलका महाप्रबन्धक शशी साहले जानकारी दिए ।
प्रतियोगिताबाट उत्कृष्ट भिडियोहरुलाई छनौट गरि ३० प्रतिशत लाइकको आधारमा ४० प्रतिशत सिर्जनात्मक र निर्णायकको आधारमा र १० प्रतिशत मोस्ट भिउज, मोस्ट शेयर, मोस्ट कमेन्टको आधारमा बिजेता घोषणा गरिने जनाएको छ ।
भदौ १० गते पुरस्कार बितरण गरिनेछ भने भिडियो सिर्जनात्मक र सभ्य हुनुपर्नेछ । टिकटक बनाइसकेपछि अनिवार्य रुपमा एसवाई पानलकलाई ट्याग गर्नु पर्ने छ । @SY_NEPAL df TAG गर्नुपर्नेछ भने HASHTAG को रुपमा #synepal #sayyes प्रयोग गर्नुपर्नेछ ।
महाप्रबन्धक साहका अनुसार नेपाल सरकारको नियम अनुसार लाग्ने कर बिजेता स्वयंले व्यहोर्नु पर्नेछ । कोरियाली कम्पनी एसवाई प्यानलद्वारा उत्पादन भएका फेब्रिकेटेडको प्रयोग गरी घर, भवन लगायत निर्माण भइरहेको छ । नेपालमा एसवाई प्यानल लोकप्रिय हुँदै गइरहेको छ ।

















