Dhulikhel Eco Banner new

नोट छापेर बाँडिएको पुनर्कर्जा अब फिर्ता गराइने

4.43K
shares

काठमाडौं, ६ साउन । नोट छापेर पुनर्कर्जा उपलब्ध गराएको राष्ट्र बैंकले अब त्यो पैसा फिर्ता लिने भएको छ । लकडाउनका बीचमा आएको मौद्रिक नीतिले पुनर्कर्जा कोषमा भएको रकमभन्दा ५ गुणा बढी पुनर्कर्जा उपलब्ध गराएको थियो ।

कोषमा भएको भन्दा बढी रकम लगानी गर्नु भनेको पैसा छापेर उपलब्ध गराउनु सरह हो। अब भने राष्ट्र बैंक त्यसबाट पछाडि फर्किएको छ । राष्ट्र बैंकले अब कोषमा जति छ त्यति मात्र पुनर्कर्जा उपलब्ध गराउने भएको छ ।

राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै कृषि लगायतका उत्पादनशील क्षेत्र, लघु उद्यम, निर्यात र कोभिड महामारीबाट पुनरुत्थान हुन बाँकी अति प्रभावित क्षेत्रमा प्रभावित कर्जालाई पुनर्कर्जा सुविधा उपलब्ध गराउने गरी निरन्तरता भने दिइने भएको छ ।