मन्दाकिनी हाइड्रोपावरको आईपीओ खुल्यो
वि.सं.२०७९ साउन ९ सोमवार ०७:३६
shares

काठमाडौं, ९ साउन । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले सोमबार देखि आईपीओ बिक्री खुल्ला गर्दै छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका ११ लाख ७६ हजार ७३ कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुल्ला गर्न लागेको हो ।
निष्काशन गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात २३ हजार ५२१ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ । लगानीकर्ताले बाँकी १० लाख ९३ हजार ७४८ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । निष्काशन बन्द छिटोमा साउन १२ गते हुनेछ । सो अवधिसम्म माग अनुसार आवेदन नपरेमा म्याद साउन २३ गतेसम्म लम्बिनेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सक्नेछन् । यसका साथै मेरो शेयरको वेब तथा एपमार्फत पनि आवेदन दिन सकिनेछ ।

















