Dhulikhel Eco Banner new

सीसीटीभी फुटेजको ल्याब रिपोर्ट छानविन समितिलाई बुझाइयो

5.94K
shares

काठमाडौं, ९ साउन । बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्ति प्रवेशको विषयमा छानविन गर्न गठित संसदीय समितिलाई ल्याब रिर्पोट बुझाइएको छ । समितिलाई नेपाल प्रहरीको केन्द्रीय प्रयोगशालाले सीसीटीभी फुटेजको फरेन्सिक रिपोर्ट बुझाएको हो ।

समितिलाई प्रहरीले परीक्षण रिपोर्ट बुझाएको हो । बजेट निर्माणको दिन जेठ १४ गते मन्त्रालयको सीसीटीभी फुटेज मेटाएको आरोप समेत पूर्व अर्थमन्त्री जनार्दन शर्मालाई लागेको छ । उपभोक्ता हित संरक्षण मञ्चले १४ गतेको फुटेज माग गर्दा अर्थ मन्त्रालयले १३ दिनको मात्र फुटेज क्षमता भएको भन्दै पत्र पठाएको थियो । त्यसपछि झन् शंका गर्न थप बल पुगेको थियो ।

संसदीय छानबिन विशेष समितिले सिंहदरबारभित्रका थप दुई सीसीटीभी फुटेज माग गरेको छ । अनधिकृत व्यक्तिको प्रवेश भए नभएको अनुसन्धान गर्न समितिले आइतवार सिंहदरबाको थप दुई वटा सीसीटीभी फुटेज मागेको हो । सिंहदरबारको पश्चिम र दक्षिण गेटको फुटेज माग गरेको हो ।