Dhulikhel Eco Banner new

आशा लघुवित्तको नाफा न्यून

4.25K
shares

काठमाडौं, १३ साउन । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षमा न्यून नाफा गर्न सफल भएको छ । संस्थाले गत आर्थिक वर्षमा ०.४४ प्रतिशले मात्रै नाफा बढाएको हो ।

संस्थाले अघिल्लो आर्थिक वर्षमा १२ करोड ३० लाख रुपैयाँ नाफा कमाएको थियो भने गत आर्थिक वर्षको असार मसान्तसम्म १२ करोड ३५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । लघुवित्तले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिष्कृत विवरण अनुसार सम्भावित जोखिम बापतको व्यवस्थामा धेरै रकम छुट्याउँदा लघुवित्तको नाफामा दबाब परेको देखिन्छ ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १९.४७ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी १९.८७ प्रतिशत बढेको छ । लघुवित्तको सञ्चालन मुनाफा भने समीक्षा अवधिमा ३.८९ प्रतिशतले घटेको छ । खुद नाफा बढेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि सामान्य वृद्धि भएको देखिएको छ ।

समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १६ पैसा बढेर ३७ रुपैयाँ १ पैसा पुगेको छ । सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३२.४२ गुणा रहेको छ भन प्रतिशेयर नेटवर्थ १६५ रुपैयाँ ६७ पैसा रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजीमा कुनै परिवर्तन भएको छैन भने जगेडा कोष १२१.३३ प्रतिशत बढेको छ । त्यसैगरी, लघुवित्तको सापटी २६.१३ प्रतिशत, निक्षेप ३४.६२ प्रतिशत र कर्जा ३०.९९ प्रतिशत बढेको छ ।