Dhulikhel Eco Banner new

विश्वकपमा ब्राजिल–मोरक्को र कतार–स्विट्जरल्यान्ड दुवै खेल बराबरीमा

390
shares

फिफा विश्वकप फुटबलमा आज बिहान भएका दुवै खेल बराबरीमा सकिएका छन्। ब्राजिल र मोरक्कोले न्यूयोर्कको मेटलाइफ रङ्गशालामा एक–एक गोलको बराबरी खेले भने सान फ्रान्सिस्कोमा स्विट्जरल्यान्ड र कतारबीचको खेल पनि उत्तिकै स्कोरमा टुङ्गियो।

मेटलाइफ रङ्गशालामा भएको ब्राजिल–मोरक्को खेलमा पहिलो गोल गर्ने अवसर मोरक्कोले पायो। २१ औँ मिनेटमा इब्राहिम डियाजको सटीक पासलाई भुनाउँदै इस्माइल साइबारीले जाल हल्लाए र मोरक्कोले अग्रता लिन सफल भयो। तर ब्राजिलले धेरै बेर पछि लाग्न मानेन — ३२ औँ मिनेटमा ब्रुनो गुइमारेसको कुशल पासबाट भिनिसियस जुनियरले गोल गर्दै खेललाई पुनः बराबरीमा ल्याए।

हिलो हाफमै स्कोरलाइन बराबर भएपछि दोस्रो हाफमा दुवै टोलीले जित निकाल्न जोडतोडले प्रयास गरे। तर ९० मिनेटको खेलमा थप गोल निस्कन नसकेपछि दुवैले एक–एक अङ्क लिएर मैदान छाड्नु पर्‍यो।

सान फ्रान्सिस्को रङ्गशालाको खेल भने नाटकीय मोडमा समाप्त भयो। स्विट्जरल्यान्डका ब्रेल एम्बोलोले खेलको १७ औँ मिनेटमा पेनाल्टी सफलतापूर्वक रूपान्तरण गर्दै आफ्नो टोलीलाई एक गोलको अग्रता दिलाए। त्यसपछि स्विट्जरल्यान्डले जित नजिक देखिन थालेको थियो।

तर इन्जुरी समयको चौथो मिनेटसम्म आइपुग्दा कतारका बोउलेम खोउखीले चौंकाउने गोल गरे र खेललाई बराबरीमा ल्याइदिए। यो गोल कतारका लागि एउटा ऐतिहासिक क्षण बन्यो — विश्वकपको मञ्चमा उनीहरूले यसरी नै पहिलो पटक अङ्क हात पारेका हुन्।

जको तेस्रो खेलमा हाइटी र स्कटल्यान्ड बिहान पौने सात बजेदेखि मैदानमा उत्रिने कार्यक्रम छ।