Dhulikhel Eco Banner new

बैंक अफ काठमाण्डूका ग्राहकलाई कोरियन भाषा ईन्स्टिच्युटमा  छुट

6.11K
shares

काठमाडौं,१३ साउन । बैंक अफ काठमाण्डूका ग्राहकले कोरियन भाषा ईन्स्टिच्युटमा छुट पाउने भएका छन् । बैंकले आफ्नो बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई कोरियन भाषा सिकाई संस्था “थेयाङ हान्गुल ईन्स्टिच्युट”मा भाषा कक्षा शुल्कमा २५ प्रतिशत छुट उपलब्ध गराउने भएको हो ।

उक्त सम्झौता पश्चात् नेपाल सरकार र गणतन्त्र कोरियाको समझदारी पत्र अनुरुप रोजगार अनुपति प्रणाली ईपिएस अन्र्तगत वा अन्य माध्यमबाट गणतन्त्र कोरिया जान इच्छुकहरुले कोरियन भाषा पढ्न ललितपुरको ग्वार्कोमा रहेको थेयाङ हान्गुल ईन्स्टिच्युटबाट अध्ययन गरी बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भाषा शुल्क भुक्तानीमा २५ प्रतिशत छुट पाउने छन् ।

त्यस्तै बैंकले १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।