Dhulikhel Eco Banner new

पुनः बढ्दै कोरोना त्रास, एक हप्तामा ११ जनाको ज्यान गयो

4.88K
shares

काठमाडौं, १४ साउन । पछिल्लो समय फेरि कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । संक्रमित हुनेको संख्यामा वृद्धि भएसँगै नेपालमा कोरोनका कारण पुनः मृत्यु समेत हुन थालेको छ । तीन महिनासम्म कुनै पनि व्यक्तिले कोरोनाका कारण ज्यान गुमाउनु परेको थिएन ।

तर पछिल्लो एक हप्तामा दैनिक रुपमा नै कोरोनाका कारण मानिसको मृत्यु भइरहेको हो । पछिल्लो एक हप्तामा मात्रै नेपालमा कोरोनाका कारण थप ११ जनाको मृत्यु भएको छ । शनिबारदेखि शुक्रबारसम्मको अवधिमा ११ जनाले कारोनाका कारण ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालले जनाएको छ ।

मन्त्रालका अनुसार अघिल्लो शनिबार बाहेक हरेकजसो दिन कोरोनाका संक्रमितको ज्यान गइरहेको छ । यो अवधिमा सबैभन्दा बढी शुक्रबार (हिजो) ३ जनाको मृत्यु भएको तथ्यांकले देखाएका छ । शुक्रबार ३९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मानिसको मृत्यु र दैनिक रुपमा संक्रमितको संख्या बढ्दै गएपछि स्थानीमा भने पुनः त्रास उत्पन्न भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अघिल्लो शनिबार कुनै पनि व्यक्तिको ज्यान गएको थिएन । त्यो दिन २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै २ जना मृत्यु भएको आइतबार ३०३ जनामा संक्रमण पुष्टि भएको थियो । यता सोमबार ४५३ जनामा संक्रमण पुष्टि हुँदा १ जनाको मृत्यु भएको थियो ।

मंगलबार पनि ४०० जनामा संक्रमण पुष्टि भएको थियो भने २ जनाले ज्यान गुमाएका थिए । त्यस्तै बुधबार ४१८ जनामा संक्रमण पुष्टि भएको र १ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकले देखाएको छ । त्यस्तै बिहीबार यो हप्ताको सबैभन्दा धेरै ५२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस दिन २ जनाले ज्यान गुमाएको देखिएको छ ।

मन्त्रालयको विवरण अनुसार दैनिक रुपमा ३८४ जनामा कोरोना संक्रमण पुष्टि भइरहेको छ । सरकारले पछिल्लो समय कोरोनाको संक्रमण पुनः फैलिने जोखिम बढेकाले सावधानी अपनाउनका लागि आग्रह गर्दै आएको छ ।

हालसम्म ११ हजार बढीको मृत्यु

नेपालमा कोरोना संक्रमण देखिएदेखि हालसम्म ११ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । नेपालमा हालसम्म ११ हजार ९६४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । पछिल्लो तीन महिना पछि कोरोनाका कारण मृत्यु भएको नेपालमा दैनिक रुपमा नै मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ ।

नेपालमा आलसम्म ९ लाख ८५ हजार ८०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ९ लाख ६९ हजार ४८८ जनाले कोरोनालाई जितेका छन् । अहिले नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ४ हजार ३५६ जना रहेको छ ।

कोरोनाका कारण विश्वमा हालसम्म ६४ लाख १७ हजार ९८३ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमित हुनेको संख्या ५८ करोड ११ लाख ६१ हजार १४३ जना रहेको छ । त्यसमध्ये ५५ करोड ९ लाख ८० हजार ३८६ जना निको भएका छन् । अहिले विश्वभर संक्रिय संक्रमितको संख्या २ करोड ३७ लाख ६२ हजार ७७४ जना रहेको छ ।

कोरोनाका कारण विश्वको अर्थतन्त्रमा निकै ठूलो असर परिरहेको छ । धेरै उद्योगहरु बन्द भएका छन् भने धेरैले रोजगारी गुमाएका छन् । नेपालमा पनि धेरै क्षेत्रमा यसको प्रभाव परेको छ ।