भारतीय केन्द्रिय बैंकले फेरि बढायो ब्याजदर
वि.सं.२०७९ साउन २० शुक्रवार १६:५०
shares

काठमाडौं, २० साउन । भारतीय केन्द्रिय बैंकले ब्याजदर वृद्धि गरेको छ । रिजर्व बैंक अफ इन्डियाले ५० अंकसम्म रिपो रेट बढाउने निर्णय गरेको छ। आरबीआईको यो निर्णयपछि रिपो रेटको दर ४.९ प्रतिशतबाट बढेर ५.४० प्रतिशत पुगेको छ ।
केन्द्रिय बैंकले भारतको मुद्रास्फितीलाई मध्यनजर गर्दै यस्तो निर्णय लिएको हो । भारतको बजारमा मुद्राको प्रवाहलाई नियन्त्रण गर्नका लागि रेपो रेट बढाउने निर्णय गरेको छ । आरबीआई गर्भनर शक्तिकांत दासले तीन दिनसम्म चलेको मौद्रिक नीति समितीको बैठकपछि यस्तो व्याजदर बढाउने घोषणा गरेका हुन् ।
यस अघि मे महिनामा रिपो रेट ५० प्रतिशत विन्दुले बढाएर ४.९० प्रतिशत पुर्याएको थियो ।
भारतमा जून महिनामा महंगी दर ७.०१ प्रतिशत रहेको छ । निरन्तर छैठौं पटक महंगी दर आरबीआईले तोकेको ५ प्रतिशतभन्दा धेरै रहेको छ । यसअघि मे महनिामा खुद्रा महंगी दर ७।०४ थियो। यस्तै अर्कोतर्फ केन्द्रिय बैंक आरबीआईले २०२२र२३ कालागि मुद्रास्फिती दरको अनुमान ५।७ प्रतिशतबाट बढाएर ६।७ प्रतिशत पुर्यायो ।


















