Dhulikhel Eco Banner new

प्रभु क्यापिटलको सामाजिक जनचेतनामूलक भिडियो “आशा” सार्वजनिक 

4.04K
shares

काठमाडौं, २३ साउन । प्रभु क्यापिटल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व र जनचेतनामूलक भिडियो आशा सार्वजनिक भएको छ ।

कम्पनीले ‘होस्टे हैंसे’ नामक गैरसरकारी संस्थासँगको सहकार्यमा विभिन्न जिल्लाहरुमा शिक्षाको पहुँचबाट बन्चित रहेका विद्यार्थीहरुलाई ‘हजुरको छोराछोरीको लागि लगानी सँगै शिक्षाबाट बञ्चित बालबालिकालाई सहयोग’ भन्ने मुल नारा सहित शिक्षाको पहुँचबाट कोही पनि वञ्चित नरहुन भन्ने उद्देश्यका साथसहित बालदिवसको शुभ अवसर पारेर“PRABHU LITTLE CHAMP PMS”   योजना शुरुवात गरेको हो ।

यसै विषयलाई लिएर हाल प्रभु क्यापिटलले “आशा” नामको जनचेतनामूलक भिडियो सावर्जनिक गरेको छ । यस भिडियोमा मुख्य पात्र आशा जस्तै कैयौं लगानीकताहरुले, जसले प्रभु क्यापिटलको पिएमएसबाट शेयर बजारमा लगानी गरिरहेका कारणले थुप्रै बालबालिकाहरुले पूर्ण छात्रवृतिमा अध्ययन गरिरहेका छन् र प्रभु क्यापिटलले यो संख्या दिनप्रतिदिन थपिदै गएको जानकारी दिएको छ ।

यस भिडियोमा व्यवसायसँगै संस्थागतरुपमा समाजमा आफ्नो तर्फबाट योगदान गर्ने उद्देश्यले शुरुवात गरेको प्रभु क्यापिटलले यो योजनामा जोडिएर व्यक्तिले आफ्नो छोराछोरीको उज्जवल भविष्यका साथ सामाजिक कार्यमा सहयोगी बन्न सक्नुहुनेछ भन्ने जानकारी दिएको छ ।

प्रभु क्यापिटलको यो लिटिल च्याम्प पिएमएस भर्खरै जन्मिएका बच्चादेखि १८ वर्षसम्मका छोरा÷छोरीहरुको सुरक्षित भविष्यको लागि शुरु गरेको हो जसमा नानीबाबुहरु पिएमएस सेवा लिनको लागि जोडिएपश्चात क्यापिटलले एक पिएमएस वापत १ जना गरीब तथा पिछडिएका बालबालिकाको विद्यालय खर्च व्यहोर्ने छ ।