एउटै शक्तिशाली आयोग बनाउनुपर्छ : सांसद
वि.सं.२०७९ साउन २३ सोमवार १४:४५
shares
sf7df8f}F, !^ kmfu'g M k|ltlglw;efsf] a}7s sIf ;+3Lo ;+;b ejg gofF afg]Zj/df k|ltlglw;efsf] a}7s a:g] sIf . lrlsT;s;lxt 6f]nL / ;+;b ;lrjfnosf sd{rf/Ln] cfOtaf/ ejgsf] lg/LIf0f u/L cfufdL k|ltlglw;efsf] a}7ssf nflu ef}lts b"/L / :jf:Yosf ;Dk"0f{ dfkb08 k"/f u/L a}7s a:g] tof/L ul/Psf] 5 . tl:a/ M /f]zg ;fksf]6f÷/f;;
काठमाडौं, २३ साउन । सांसदहरुले संवैधानिक आयोगका काम कारबाहीलाई थप प्रभावकारी बनाउन एउटै शक्तिशाली आयोग बनाउनुपर्ने आवश्यकता औँल्याएका छन् । प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिको आजको बैठकमा भएको राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रतिवेदन र आगामी आवको स्वीकृत कार्यक्रम कार्यान्वयन रणनीति’ सम्बन्धमा भएको छलफलमा सांसदहरुले प्रत्येक जातजाति, भूगोल वा क्षेत्रको आधारमा छुट्टाछुट्टै आयोग बनाउनुको सट्टा सबैको प्रतिनिधित्व हुनेगरी एउटै शाक्तिशाली आयोग बनाउनुपर्नेमा जोड दिएका हुन ।
सांसद नन्दलाल रोका क्षेत्रीले सरकारले आयोग गठन गर्ने तर पर्याप्त बजेट नदिने र सहयोग नगर्ने सन्र्दभ उल्लेख गर्दै सबै जातजातिको प्रतिनिधित्व हुनेगरी एउटा मात्रै आयोग बनाउनुपर्ने तर्क गरे ।
सांसद कुमारी मेचेले सबै आयोगलाई एकै ठाउँमा गाभेर शक्तिशाली आयोग बनाउनुपर्नेमा जोड दिए। सांसद शिवकुमार मण्डलले “सातै वटा संवैधानिक आयोगबीच समन्वय र छलफल हुनुपर्छ र कामको प्रकृतिको आधारमा नेपालमा रहेका सबै जातजातिको आर्थिक, सामाजिक र सांस्कृतिक अवस्थाको बारेमा अध्ययन गर्नुपर्छ” भने ।
सांसद लक्ष्मी परियारले राष्ट्रिय समावेशी आयोग नै समावेशी नभएको टिप्पणी गरे । सांसद नारायणप्रसाद खतिवडाले आयोगबाट बजेट कमी भएको गुनासो आइरहेको सन्र्दभ उल्लेख गर्दै एउटै शक्तिशाली आयोगको आवश्यकता औँल्याए ।
समावेशी आयोगका अध्यक्ष डा रामकृष्ण तिमल्सेनाले आयोगले लक्षित वर्ग खस आर्य, पिछडा वर्ग, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, श्रमिक र किसानलगायत ११ वटा क्षेत्रको अध्ययन गरी नीतिगत सिफारिसलाई प्रतिवेदनमा उल्लेख गरिएको जानकारी दिए ।















