Dhulikhel Eco Banner new

मासुमा आत्मनिर्भर बनाउने दिव्य महिला कृषि समूहको योजना

19.66K
shares

झापा, २६ साउन । दमकमा रहेको दिव्य महिला कृषि समूहकी अध्यक्ष अनिता खत्री भण्डारीले दमकलाई मासुमा आत्मनिभृर बनाउनका लागि संस्थाले भुमिका खेलिरहेको बताएकी छिन् । बिहीबार संस्थाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै अध्यक्ष भण्डारीले यस्तो बताएकी हुन् ।

विश्व बैंकको ऋण सहयोगमा सञ्चालित नेपाल लाईभ स्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रिकरण आयोजना सहयोग इकाइ मार्फत अनुदान लिएर संस्थाले अहिले खसी बोका उत्पादनको काम सुरु गरेको छ ।

अध्यक्ष भण्डारीले नयाँ प्रविधिको प्रयोग गरि आर्थिक रुपमा दिगो विकास गरि श्रोत केन्द्रको रुपमा विकास गरिने बताइन् । खसि बोकाको मासु उत्पादन गरेर महिलाहरुको आय आर्जन बृद्धि गर्ने लक्ष्यका साथ सुरु गरिएको यो परियोजनाले नश्ल सुधार गरि गुणस्तरिय खसी बोका उत्पादन गर्ने उनले जानकारी दिइन् ।

परियोजनाको उपआयोजना अन्तर्गत दमकमा–४ मा ३ सय वटा बाख्रा पालनको कार्यक्रम सञ्चालन गरिरहेको यस फर्मममा अहिले ३ सय वटा माउ बाख्रा र १५ वटा बोयर जातका बोका रहेका छन् ।

कुल १ करोड ७४ लाख ८ हजारको लगानीमा ८७ लाख ४ हजार रुपैँया आयोजनाको अनुदान रहेको छ । बाँकी मध्ये ५२ लाख २२ हजार ४ सय रुपैँया वित्तिय सस्थाको ऋण रहेको छ भने बाँकी ३४ लाख ८१ हजार ६ सय रुपैँया सहकारीको लगानी रहेको छ ।