Dhulikhel Eco Banner new

आज ४५५ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

4.84K
shares

काठमाडौं, २९ साउन । पछिल्लो २४ घण्टामा नेपालमा थप ४५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कारोना संक्रमणकै कारण २ जनाको ज्यान गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ४ हजार ८२९ जनामा कोरोना परिक्षण गरिएको थियो ।

जसमध्ये २ हजार ३०८ जनामा गरिएको आरटी पिसिआर परिक्षणमा ३०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साथै २ हजार ५२१ जनामा गरिएको एन्टिजेन परिक्षणमा १५० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै देशभरबाट ४५५ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

आज थपिएका संक्रमितसँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ४३५ जना पुगेको मन्त्रालयले जनाएको छ ।