Dhulikhel Eco Banner new

भारी वर्षाको सम्भावना

5.55K
shares

काठमाडौं, ३० साउन । देशभर आंशिक देखि सामान्य बदली रहनेछ। जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १ लगाएत देशका पहाडी भू भागमा सामान्य बदली रही बाँकी भू भागमा आंशिक देखि सामान्य बदली रहनेछ।

प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ को थोरै स्थानहरुमा तथा मधेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

केहि स्थानहरुमा भारी वर्षाको सम्भावना भएकाले रहेकाले नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनअनुरोध गरेको छ।