११ जना सहभागि परीक्षामा सबै अनुतिर्ण
वि.सं.२०७९ साउन ३१ मंगलवार ०६:५४
shares

काठमाडौं, ३१ साउन । उदयपुरको बेलका नगरपालिकाले लिएको स्थानीय तह प्राविधिक सहायक र रोजगार सहायक पदको लिखित परीक्षामा सहभागि कुनै पनि उम्मेदवार उत्तिर्ण हुन सकेनन् । नगरपालिकाले करार सेवामा पदपूर्तीका लागि आह्वान गरेको प्राविधिक सहायक र रोजगार सहायक पदका लागि ११ जना परीक्षामा सहभागि भएको र त्यसमध्ये कोही पनि सफल हुन नसकेका हुन् ।
नगरपालिकाले असार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मान्त्रालयको असार २५ गतेको विज्ञापन अनुसार पदपूर्तीका लागि आवेदन माग गरेको थियो । सो आवेदनमा ११ जनाको उम्मेदवारका लागि साउन ३० गते सेवा सम्बन्धी लिखित र कम्प्युटर सम्बन्धी प्रयोगात्मक परीक्षा लिइएको र सो परीक्षामा सहभागि कसैले पनि आवश्यक अंक प्राप्त गर्न नसकेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पदपूर्ती समिति संयोजक अर्जुन निरौलाले बताए ।
परीक्षामा सहभागि कुनै पनि उम्मेदावरले ४० प्रतिशत अंक ल्याउन नसकेकाले कुनै पनि उम्मेदवार उत्तिर्ण हुन नसकेको नगरपालिकाद्धारा जारी सूचनामा उल्लेख गरिएको छ ।
















