Dhulikhel Eco Banner new

शुभ लक्ष्मी कोषमा आवेदन दिने आज अन्तिम दिन

6.01K
shares

काठमाडौं, २ भदौ । लक्ष्मी क्यापिटल लिमिटेडको शुभ लक्ष्मी कोषमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । क्यापिटलले साउन १९ गतेदेखि निष्काशनमा ल्याएको खुलामुखी म्युचुअल फण्ड शुभलक्ष्मी कोषको इकाईका लागि आज साँझसम्म आवेदन दिन सकिने छ ।

यो योजना अन्तर्गत क्यापिटलले प्रतिइकाई १० रुपैयाँ दरको ५ करोड इकाईमध्ये न्यूनतम ७५ लाख वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रबद्र्धक लक्ष्मी बैंकलाई सुरक्षित गरि ४ करोड २५ लाख इकाई निष्काशन गरेको हो । सोमध्ये पहिलो चरणमा सर्वसाधारणका लागि १ करोड ७५ लाख इकाई निष्काशन गरेको हो ।

सो इकाईका लागि लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम ५० लाख इकाईका लागि आवेदन दिन सकिनेछ । सो कोषको इकाईका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । यो फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।