घट्यो सुनको भाउ, कति छ बजार मूल्य ?
वि.सं.२०७९ भदौ २ बिहीवार ११:१४
shares

काठमाडौं, २ भदौ । आज बिहिबार सुनको भाउ ३ सय रुपैयाँले घटेको छ । बुधबार तोलाको ९६ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज घटेर प्रतितोला ९५ हजार ९ सय रुपैयाँमा आईपुगेको छ ।
आज तेजाबी सुनको भाउ पनि प्रतितोला ३ सयले नै घटेर तोलाको ९५ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार १९५ रुपैयाँमा झरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८२ हजार २२० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८१ हजार ७९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २४ रुपैयाँ कायम गरेको छ ।

















