सुनको मूल्य स्थिर, चाँदी भने घट्यो
वि.सं.२०७९ भदौ ५ आइतवार ११:५४
4.56K
shares
shares

काठमाडौं, ५ भदौ । आज आइतबार सुनको भाउ स्थिर रहेको छ । गत शुक्रबार तोलामा ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज स्थिर रहेको हो ।
आज सुन प्रतितोला ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजाबी सुनको भाउ पनि स्थिर रही तोलाको ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।यस्तै चाँदीको भाउ भने घटेको छ ।
आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार १ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

















