Dhulikhel Eco Banner new

अमेरिकी सरकार विरुद्ध डोनाल्ड ट्रम्पले हाले मुद्दा, के छ आरोप ?

4.52K
shares

काठमाडौं, ७ भदौ । अमेरिकाका पूर्व राष्ट्रपति डोलान्ड ट्रम्पले अमेरिकी सरकार विरुद्ध मुद्दा हालेका छन् । केही साता अघि संघीय जाँच ब्युरो (एफबीआई) ले उनको निवासबाट कब्जा गरेर लगोको फाइहरुको न्याय मन्त्रालयद्धारा जारी अनुसन्धान रोक्न अनुरोध गरेर मुद्दा दायर गरेका हुन् ।

उक्त मुद्दामा ट्रम्पको टोलीले ती दस्तावेजहरूको सुपरीवेक्षण गर्न स्वतन्त्र वकिल नियुक्त गरिनुपर्ने बताएका छन् । एफबीआईका अधिकारीहरूले फ्लोरिडास्थित उनको मारा लागो निवासमा छापा मारेर ११ सेट गोप्य फाइलहरू लगेको बताइएको थियो । ट्रम्पमाथि उनले संवेदनशील दस्तावेजहरूको गलत व्यवस्थापन गरेका आरोपमा अनुसन्धान भइरहेको छ ।

सोमवार उनका वकिलहरूले ‘स्पेशल मास्टर’ भनिने तटस्थ वकिलको माग गरे जसले ती कब्जा गरेर लगिएका दस्तावेजहरू ट्रम्प राष्ट्रपति भएका बेला उनलाई प्राप्त कार्यकारी विशेषाधिकारबमोजिम थिए कि भनेर हेर्नेछन् । त्यस्तो विशेष अधिकारले राष्ट्रपतिहरूलाई उनीहरूले गरेका कतिपय सञ्चार गोप्य राखिराख्न अनुमति दिन्छ ।

विशेषगरी आपराधिक मामिलाहरूमा कुनै प्रमाण वकिल–सेवाग्राहीबीच हुने विशेषाधिकारले संरक्षित गरेको छ कि भनेर हेर्न स्पेशल मास्टर नियुक्त गरिन्छ । त्यस्ता संरक्षणप्राप्त प्रमाणलाई अदालतमा पेश गर्न सकिन्न । न्याय मन्त्रालयका अधिकारीहरूले एक संक्षिप्त विज्ञप्ति जारी गर्दै ट्रम्पले हालेको मुद्दाबारे अभियोजनकर्ताहरू जानकार रहेको र त्यसबारे अदालतमै जबाफ दिने जनाएका छन् ।

‘ट्रम्पको निवास मारा लागोमा छापा मार्न संघीय अदालतको अनुमति लिइएको,’ प्रवक्ता एन्थोनी कोलीले बताए । ट्रम्पले चाहिँ उनी आफैँले सन् २०२० मा मनोनित गरेको एक न्यायाधीशसमक्ष फ्लोरिडाको वेस्ट पाम बीचस्थित अदालतमा २७ पृष्ठ लामो निवेदन दिएका छन् ।

त्यसमा ‘राष्ट्रपति डोनल्ड जे ट्रम्प सन् २०२४ को रिपब्लिकन पार्टीभित्र हुने राष्ट्रपतिको प्राइमरी निर्वाचनको दौडमा एवं सन् २०२४ को राष्ट्रपति निर्वाचनको दौडमा सबभन्दा अगाडि रहेका छन्– यदि उनले ती निर्वाचनमा भाग लिने निर्णय गरेमा’ भनेर पनि उल्लेख गरिएको छ । बीबीसी नेपाली