६३४ जनामा संक्रमण पुष्टि, १ जनाको मृत्यु
वि.सं.२०७९ भदौ ७ मंगलवार १६:३६
4.81K
shares
shares

काठमाडौं, ७ भदौ । पछिल्लो २४ घण्टामा थप ६३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट ४९४९ नमूना परीक्षण गर्दा ६३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट २७५७ र एन्टिजेनबाट २१९२ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ३४३ र एन्टिजेनबाट २९१ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।
मन्त्रालयकाअनुसार पछिल्लो २४ घन्टाको अवधिमा थप ४१७ जना कोरोनामुक्त भएका छन्।कोरोनाका कारण एक जनाको मृत्यु भएको छ। हाल सक्रिय कोरोना संक्रमितको संख्या ४२२१ पुगेको छ।

















