डोल्टी पावर कम्पनीले आईपीओ जारी गर्न सेबोनमा दियो निवेदन
वि.सं.२०७९ भदौ १५ बुधवार १८:२२
5.15K
shares
shares

काठमाडौं, १५ भदौ । डोल्टी पावर कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
कम्पनीले १६ लाख ९ हजार ४५८ कित्ता आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो ।
शेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । सेबोनबाट आईपीओ निष्कासन गर्न स्वीकृति पाएपछि कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाका लागि शेयर निष्कासन गर्नेछ भने त्यसपछि दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।
कम्पनीले ४ दशमलव ५ मेगावट क्षमता विद्युत् आयोजना दैलेखमा निर्माण गरिरहेको छ ।

















