Dhulikhel Eco Banner new

राधी विद्युत कम्पनीले असोज ५ गतेदेखि हकप्रद निष्काशन गर्दै

4.88K
shares

काठमाडौं, १६ भदौ । राधी विद्युत कम्पनी लिमिटेडले असोज ५ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १.४७५२ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

यसअनुसार कम्पनीले एक सय रुपैयाँ अंकित दरका ९५ करोड ३५ लाख ७६ हजार ९९ रुपैयाँ बराबरको ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद जारी गर्नेछ । हकप्रद निष्काशनका लागि कम्पनीले भदौ १२ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो । यसअनुसार भदौ १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम यस कम्पनीका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् ।

कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । हकप्रदमा मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ विकास बैंकको विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत असोज २५ गतेसम्म आवेदन दिन पाउनेछन् ।