Dhulikhel Eco Banner new

प्रतिबन्धित बस्तुको एलसी नखोल्न राष्ट्र बैंकको निर्देशन

4.46K
shares

काठमाडौं, १६ भदौ । सरकारले आयातमा प्रतिबन्ध लगाएका वस्तुको एलसी नखोल्नका लागि राष्ट्र बैंकले निर्देशन दिएको छ । केन्द्रीय बैंकले एक सूचना जारी गर्दै सबै बैंक तथा वित्तीय संस्थाहरुलाई एलसी नखोल्नका लागि निर्देशन दिएको हो ।

राष्ट्र बैंकले भदौ १३ गते नेपाल राजपत्रमा प्रकाशित भए अनुसार सरकारले प्रतिबन्ध लगाएको बस्तुको एलसी नखोल्न आग्रह गरेको हो । सरकारले मदिरा, दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी तथा मोबाइलको आयातमा प्रतिबन्ध लगाएको छ ।