Dhulikhel Eco Banner new

बीमाको पहुँच दुर्गम क्षेत्रमा पुर्याउन आबस्यक छ : अर्थमन्त्री शर्मा

4.08K
shares

काठमाडौं, १६ भदौ । अर्थमन्त्री जनार्दन शर्माले बीमाको पहुँच दुर्गम क्षेत्रमा पुर्याउन आबस्यक रहेको बताएका छन् ।

सुर्खेतमा आज बीमा समितिको प्रादेशिक कार्यालय उद्घाटन गर्ने क्रममा अर्थमन्त्री शर्माले दूरदराजसम्म बिमाको पहुँच पुर्याउन बीमा समितिलाई निर्देशन दिएका छन् ।

कर्णालीका अधिकांश नागरिक बीमाको पहुँच बाहिर रहेको भन्दै उनले बिमाको सेवा विस्तार गर्न आग्रह गरेका छन् । नयाँ विधेयकमा सरकारले बीमा प्राधिकरण, बिमा प्रतिष्ठान, बिमा सूचना केन्द्रजस्ता संरचनाको प्रस्ताव गरेको भन्दै उनले जनशक्ति व्यवस्थापनका लागि छुट्टै कलेजको आवश्यकता रहेको बताए ।

बीमासेवा सहर–बजारमामात्र सीमित नभई गाउँ–गाउँसम्म पुग्नुपर्ने उनको भनाइ थियो । बिमा कम्पनीले समयमा भुक्तानी नदिने, बिमितले दाबीअनुसारको भुक्तानी नपाउने गुनासो आफुले सुनेको भन्दै उनले बीमालाई थप विश्वसनीय वातावरणका साथ सेवा विस्तारमा ध्यान दिन निर्देशन दिएका छन् ।

लघुवित्तमार्फत सहुलियतपूर्ण ऋणलाई जनताको खेतबारीसम्म पुर्याउने लक्ष्य सरकारले लिएको भन्दै मन्त्रि शर्माले बिमा कम्पनीहरू त्यहाँसम्म पुग्नुपर्ने बताए । बिमा समितिले बिमा व्यवसायको समग्र नियमन, बिमितहरूको सुरक्षा, बीमा साक्षरता, बीमक बिमितका समस्या समाधान गर्न उनले आग्रह गरेका छन् ।