Dhulikhel Eco Banner new

दुईवटा लघुवित्तको साधारणसभा असोज ७ गते, के-के छन् एजेण्डा ?

5.25K
shares

काठमाडौं, २३ भदौ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारणसभा असोज ७ गते बोलाएका छन् ।

सिवाईसी नेपाल लघुवित्तको सभा लघुवित्तको केन्द्रिय कार्यालय, सभागृह चोक, कास्कीमा बस्नेछ भने आँधिखोला लघुवित्तको होटल गाँउवेशीको सभाहल, वालिङ, स्याङ्जामा बिहान ११ बजे हुनेछ ।

सभामा यी दुई लघुवित्त एक आपसमा गाभ्ने/गाभिने, मर्जर प्रयोजनार्थ निर्धारण गरिएको शेयर स्वाप रेशियो पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, मर्जर सम्बन्धि आवश्यक कार्य गर्नका लागि सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको व्यक्तिलाई आवश्यक अख्तियारी दिने लगायतका प्रस्तावहरु पारित गर्नेछन् ।

मर्जर प्रयोजनार्थ यी दुबै लघुवित्तको शेयर कारोबार असार २३ गतेदेखि बन्द रहेको छ । भदौ २९ गतेदेखि असोज ७ गतेसम्म यी लघुवित्तहरुले विशेष साधारण सभा प्रयोजनार्थ बुकक्लोज गर्नेछ ।