Dhulikhel Eco Banner new

सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो बजार भाउ ?

4.11K
shares

काठमाडौं, २३ भदौ । बिहीवार सुनको मूल्य ८०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९३ हजार ८०० रूपैयाँ कायम भएको छ ।

अघिल्लो कारोबार दिन अर्थात् बुधवार सुन प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलाको २५ रुपैयाँले बढेर १ हजार १३५ रूपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी १ हजार ११० रूपैयाँमा कारोबार भएको थियो ।