अनाधिकृत संरचनामा डोजर चल्ने क्रम जारी (भिडियो सहित)
वि.सं.२०७९ भदौ २६ आइतवार १६:१४
shares

काठमाडौं, २६ भदौ । काठमाडौं महानगरपालिकाले कोटेश्वरको तीनकुने क्षेत्रमा पुनः डोजर चलाएको छ । अनाधिकृत संरचना हटाउनका लागि पटक पटक ताकेता गर्दा पनि नहटाएको भन्दै आइतबार डोजर चलाएको हो ।
महानगरलपालिकाले अघिल्लो हप्ता कोटेश्वरको सुन्दर बजार सहितको क्षेत्रमा डोजर लगाएको थियो । माइकिङ गर्दा पनि फुटपाथ ढाकेर बनेको संरचना नहटाएका कारण डोजर चलाउनु परेको महानगरको भनाइ छ ।
महानगरको सूचना अटेर गरेर फुटपाथ ढाकेर बनाएको पाली, भ¥याङ, सिंडीहरु हटाउन निर्देशन दिए पनि सो सूचनाको पालना नभएकाले डोजर चलाउनु परेको महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए । महानगरले कोटेश्वर क्षेत्रमा यो महिनामा मात्रै तीन पटक डोजर चलाइसकेको छ ।


















