Dhulikhel Eco Banner new

फैलिदै डेंगु माहामारी, बागमतीमा दुईको मृत्यु

5.2K
shares

काठमाडौं, २६ भदौ । अहिले डेंगुको महामारी बढ्दै गईरहेको छ । डेंगुबाट आज मात्रै दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका –१ चौकीटोल निवासी १३ वर्षीय बालक र ललितपुर ग्वार्को निवासी ३६ वर्षीय पुरुष रहेका छन् ।

उनीहरु दुवैको आज काठमाडौँस्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठले मृतक दुवैजना डेंगुबाट संक्रमित भएको र अस्वस्थ भइ काठमाडौँस्थित अस्पतालमा उपचाररत थिए ।

बागमती प्रदेशमा हालसम्म डेंगुका संक्रमितको संख्या ८९१७ पुगेको र सबैभन्दा बढी संक्रमित ललितपुरमा रहेको उनले बताए ।

ललितपुरमा मात्रै ३ हजार ७९ जना संक्रमित रहेका छन् ।

त्यस्तै, काठमाडौंमा १ हजार ७९७, मकवानपुरमा १ हजार ४५, चितवनमा २०५ र धादिङ जिल्लामा १२१ जनामा डेंगुको संक्रमण पुष्टि भएको छ ।