Dhulikhel Eco Banner new

नेशनल लाईफ इन्स्योरेन्सद्धारा अस्पताललाई २० लाख आर्थिक सहयोग

5.49K
shares

काठमाडौं, २६ भदौ । सुनकोशी गाउँपालिका र एक एक पाईला फाउण्डेसन बिचको सहकार्यमा संचालित एक एक पाईला ठोकर्पा आधारभूत अस्पतालमा दाता सम्मान तथा अभिनन्दन कार्यक्रम एक समारोहका बिच सम्पन्न भयो ।

सुनकोशी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष कुमार शाहीको मूख्य आतिथ्य तथा एक एक पाइला फाउण्डेसनका अध्यक्ष डा. सुमन शम्सेर थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा करिब १५० जनाको सहभागिता रहेको थियो ।

सो अवसरमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा उक्त भेगमा बसोवास गर्ने जनताले सर्व सुलभ स्वाश्थ्य सेवा प्राप्त गर्न सकोस भन्ने उदेश्यले सो परियोजना कार्यान्वयनका लागि २० लाख आर्थिक सहयोग उपलव्ध गराएको थियो ।

उक्त परियोजनाबाट ठूलो संख्यामा सो क्षेत्र र आसपासका सर्व साधारणहरु लाभान्वित हुने अपेक्षा गरिएको छ । सो समारोहमा अस्पताल व्यवस्थापन बाट आर्थिक सहयोग प्रदान गरे वापत कम्पनीका उप कार्यकारी प्रमुख प्रताप मान श्रेष्ठलाई विशेष सम्मान गरिएको थियो ।