Dhulikhel Eco Banner new

सहकारीका सञ्चालक सदस्यहरु पदबाट हटाइ पाउँभन्दै विभाग धाउँदै

6.34K
shares

काठमाडौं, २७ भदौ । पछिल्लो समय सहकारी संस्थाका सञ्चालकहरु जिम्मेवारीबाट अलग हुनका लागि सहकारी विभाग धाउन थालेका छन् । सहकारीमा समस्या आउन थाले पछि सञ्चालकहरु जिम्मेवारीबाट अलग हुनका लागि विभाग धाउन थालेका हुन् ।

सहकारीको सञ्चालकको जिम्मेवारीमा भए पनि आफूहरुलाई केही जानकारी नहुने भन्दै सञ्चालकहरु विभाग आउन थालेको विभागले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । ‘संस्था राम्रो सम्बन्ध भएको अवस्थामा संस्थागत संलग्नताको पदिय हैसियत सहित आफूलाई परिचय गराउने तर संस्थामा समस्या देखिन थालेपछि संचालक समितिमा त्यत्तिकै राखिदिएछन्, संचालक समितिको सदस्य भएपनि मलाई केही थाहा छैन, सबै अध्यक्ष र व्यवस्थापकलाई थाहा छ, भनी जिम्मेवारीबाट पन्छिन खोज्ने गरेको विभागले जारी गरेको सूचनामा जनाइएको छ ।

त्यस्ता संचालकलाई विभागले संचालक सदस्यको सामूहिक जिम्मेवारी र जवाफदेहिता रहने भन्दै जिम्मेवारीबाट नपन्छन निर्देशन दिएको छ । सहकारी संघ संस्थाहरु संचालक समिति, लेखा सुपरीवेक्षण समिति र सम्पूर्ण शेयर सदस्य समेतको सामूहिक जिम्मेवारीमा रहने भएको र प्रत्येक संचालक सदस्यले अध्यक्ष वा व्यवस्थापक वा अमुक व्यक्तिलाई जिम्मेवारी पन्छाएर आफू अलग रहन नपाउने विभागले जनाएको छ ।