Dhulikhel Eco Banner new

७ बीमा कम्पनीको बोनसदर सार्वजनिक, कुन कम्पनीले कति बनोस बाँड्दैछन ?

5.63K
shares

काठमाडौं, २९ भदौ । ७ वटा जीवन बीमा कम्पनीहरुले बिमितलाई दिने नयाँ बोनसदर सार्वजनिक गरेका छन् । १९ वटा जीवन बीमा कम्पनीमध्ये मेट लाइफ, ज्योति लाइफ, एशियन लाइफ, नेशनल लाइफ, सूर्या लाइफ र आइएमई लाइफले बोनसदर सार्वजनिक गरेका हुन् ।

आर्थिक वर्ष २०७७/७८ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सहति बीमाङ्कीय प्रतिवेदन बीमा समितिबाट स्वीककृत भएपछि यी कम्पनीहरुले बोनसदर सार्वजनिक गरेका हुन् । आव २०७६/७७ को तुलनामा गत आर्थिक वर्षमा सूर्या र एशियन लाइफको बोनसदर बढेको छ । त्यस्तै यो अवधिमा ज्योति लाइफको बोनसदर घटेको छ । नेपाल लाइफ, नेशनल लाइफ, आइएमई लाइफ र मेट लाइफको बोनसदर स्थिर रहेको हो ।

ज्योति लाइफ इन्स्योरेन्सले बीमितलाई आव २०७७/०७८ मा प्रतिहजार न्यूनतम २० रूपैयाँदेखि अधिकतम ७५ रूपैयाँ बोनसदर दिने भएको छ । ज्योति लाइफले सार्वजनिक गरेको बोनसदर अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको हो । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/०७७ बाट बीमितलाई न्यूनतम प्रतिहजार ४३ रूपैयाँ बोनस दिएको थियो । अधिकतम बोनसदर ७५ रूपैयाँ थियो ।

त्यस्तै एशियन लाइफले अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष गत आर्थिक वर्षमा बोनसदर बढाएको छ । कम्पनीले नाफामा सरिक हुने सबै बिमितलाई प्रतिहजार न्यूनतम ४० रूपैयाँदेखि अधिकतम ७५ रूपैयाँसम्म दिने भएको छ । कम्पनीले अघिल्लो वर्ष बीमितलाई न्यूनतम ३२ रूपैयाँदेखि अधिकतम ७५ रूपैयाँसम्म बोनस दिएको थियो ।

आर्थिक वर्ष २०७७/०७८ मा मेट लाइफले मुनाफामा सरिक हुने बिमितिले प्रतिहजार न्यूनतम ४५ रूपैयाँदेखि अधिकतम ८० रूपैयाँसम्म बोनसदर कायम गरेको छ । कम्पनीले अघिल्लो वर्ष पनि सोही अनुपातमा बोनस प्रदान गरेको थियो ।

गत आर्थिक वर्षको अवधिमा बोनसदर बढाउने कम्पनीमा सूर्या नेपाल लाइफ इन्स्योरेन्स पनि हो । यो कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा बोनसदर बढाएको छ । आव २०७७/७८ का लागि प्रतिहजार न्यूनतम ४० रूपैयाँदेखि अधिकतम ९० रूपैयाँसम्म बोनसदर दिने भएको छ । यस्तो बनोर अघिल्लो वर्ष ३८ रुपैयाँ देखि ७२ रुपैयाँसम्म रहेको थियो ।

नेपाल लाइफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षको र गत आर्थिक वर्षमा दिने बोनसर दरमा कुनै परिवर्तन आएको छैन । कम्पनीले अघिल्लो आव र गत आवमा प्रतिहजार न्यूनतम ५६ रूपैयाँ र अधिकतम ८२ रूपैयाँ बोनसदर कायम गरेको छ ।

त्यस्तै नेशनल लाइफको पनि बानसरदर स्थिर रहेको छ । अघिल्लो आर्थिक वर्षको र गत आर्थिक वर्षमा कुनै परिवर्तन नआएको कम्पनीको बोनसर दर प्रतिहजार न्यूनतम ६३ रूपैयाँदेखि अधिकतम ८५ रूपैयाँसम्म रहेको छ । अघिल्लो आर्थिक वर्षमा पनि प्रतिहजारमा न्यूनतम २० रुपैयाँ र अधिकतम ७० रुपैयाँ बोनसरदर कायम गरेको आइएमई लाइफले गत आर्थिक वर्ष २०७७/०७८ मा पनि सोही बराबरको बोनसर दिने भएको छ ।

कम्पनीले आम्दानी गरेको वार्षिक कुल नाफामध्ये ९० प्रतिशत रकम बीमितहरूलाई वितरण गरिन्छ भने १० प्रतिशत रकम लगानीकर्तालाई वितरण गर्नुपर्ने व्यवस्था छ ।