Dhulikhel Eco Banner new

सुनको भाउ घट्यो, चाँदी भने बढ्यो

4.2K
shares

काठमाडौं, ३० भदौ । स्थानीय बजारमा सुनको भाउ सस्तिने क्रम जारी छ । भदौ ३० गते, बिहीबार सुन तोलामा ३०० रुपैयाँले सस्तिएको हो ।

नेपाल  व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा र तेजबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा झरेको छ ।

चार दिनमा सुन प्रतितोला एक हजार ४०० रुपैयाँले घटेको छ । आइतबार यता घटिरहेको सुनको भाउ बुधबार तोलामा ७०० रुपैयाँले सस्तिएको थियो । हिजो सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार चाँदीको मूल्य भने महंगिएको छ । यस दिन चाँदी तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार १८० रुपैयाँ पुगेको छ ।