Dhulikhel Eco Banner new

राधी विद्युत कम्पनीको हकप्रद बिक्री खुला

3.8K
shares

काठमाडौं, ५ असोज । राधी विद्युत कम्पनी लिमिटेडको हकप्रद शेयर बिक्री खुला भएको छ । कम्पनीले आजदेखि ९५ करोड ३५ लाख ७६ हजार ९९ रुपैयाँ बराबरको हकप्रद बिक्री खुला गरेको हो ।

कम्पनीले १ कित्ता बराबर नयाँ १.४७५२ कित्ता शेयर अनुपातमा अंकित मूल्य १०० रुपैयाँ दरका ९५ लाख ३५ हजार ७६० दशमलव ९९ कित्ता हकप्रद जारी गरेको छ । कम्पनीले जारी गर्ने हकप्रदमा भदौ १० गतेसम्म नेप्सेमा कारोबार भई कायम हुन आएका शेयरधनीहरुले मात्र आवेदन गर्न सक्नेछन् । कम्पनीले भदौ १२ गते आइतबार शेयर दाखिल खारेजी (बुकक्लोज) गरेको थियो ।

हकप्रदमा मेरो सेयरको मोबाइल एप, वेवसाइट तथा नेपाल धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ ।

यसका साथै शेयरधनीले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड, मुक्तिनाथ विकास बैंकको विभिन्न शाखा कार्यालयबाट पनि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीको हाल चुक्ता पुँजी ६४ करोड ६४ लाख ४ हजार ६२२ रुपैयाँ छ । हकप्रद बिक्रीपछि चुक्ता पुँजी १ अर्ब ५९ करोड ९९ लाख ८० हजार ७२१ रुपैयाँ पुग्नेछ ।