Dhulikhel Eco Banner new

श्रमजीवि पत्रकार ऐन कडाइका साथ लागू गर्न समितिको आग्रह

6.21K
shares

काठमाडौं, ९ असोज । न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवि पत्रकार ऐन कडाइका साथ लागू गर्न आग्रह गरेको छ । आइतबार समितिले प्रेस विज्ञप्ति जारी गर्दै ऐन कडाइका साथ लागू गर्न सञ्चारमाध्यमहरुलाई  आग्रह गरेको हाे ।
नेपाली समाजमा पत्रकारहरुले गरेको योगदानलाई उच्च मूल्यााङकन गर्दै उनीहले पाउनुपर्ने सेवा सुविधामा कुनै खालको बाधा अवरोध नपुर्‍याउन समितिले अनुरोध गरेको छ ।

‘सञ्चार प्रतिष्ठानमा रहेको पारिश्रमिक र अन्य सेवा सुविधा कार्यान्वयनको समस्यालाई सदाका लागि अन्त्य गर्न जरुरी छ’ समितिकी अध्यक्ष संगिता खड्काले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रा सामुन्ने आइरहेको नेपालीको महान् पर्व दशैं, तिहार, नेपाल संवत, छठजस्ता चाडपर्वको सम्मुखमा कतिपय प्रतिष्ठानमा कार्यरत पत्रकार, कर्मचारी र कामदारले महिनौँदेखि पारिश्रमिक नपाएको उजुरी भएको र यस्ता समस्या तत्कालै समाधान गर्नुपर्छ ।’

समाजलाई सूचना र चेतना प्रवाह गरेर सही गन्तव्यमा पु¥याउन योगदान दिने पत्रकारिता क्षेत्र स्वयम् मजबुत भएमात्र यस क्षेत्रले समाजलाई उपयुक्त बाटो देखाउन सक्ने र पत्रकारिता क्षेत्र मजबुत हुनका लागि त्यस माध्यमले प्रकाशन वा प्रसारण गर्ने सामग्री सशक्त हुन जरुरी छ भने समाचार सामग्री सशक्त बनाउनका लागि श्रममा खटिने जनशक्तिले पाउनुपर्ने सेवा सुविधाहरु तोकिएबमोजिम र समयमै पाउनु पर्छ यसमा कसैले पनि बेवास्ता नगर्न  पनि अध्यक्ष खड्काले अनुरोध गरेकी छिन् ।

श्रम शाेषण मुक्त सञ्चार प्रतिष्ठान निर्माण गरी मर्यादित पत्रकारिताको विकास गर्ने अभियानमा सम्बन्धित सबैलाई हातेमालो गर्न आग्रह पनि उनलेे आग्रह गरेकी छिन् ।

अन्य क्षेत्रका मानिसले भोगेका अन्यायका कुरालाई आम मानिससम्म सञ्चार माध्यमले पु¥याउने गर्दछ । तर अरुको समस्या उजागर गर्ने सञ्चार माध्यममा कार्यरत पत्रकार, कर्मचारी र कामदारमाथि अन्याय हुने कुरा स्वयं पीडितका लागि पीडाको विषय मात्र नभै सञ्चार माध्यमका सञ्चालकहरुका लागि पनि लज्जाको विषय भएको खड्काले बताएकी छिन् ।

विज्ञप्तिमा भनिएको छ, ‘अहोरात्र खटाएका श्रमजीवीलाई तोकिएबमोजिमको पारिश्रमिक र अन्य सेवा सुविधा नदिएर सञ्चार प्रतिष्ठान सञ्चालकहरुको इज्जत, प्रतिष्ठा बढ्दैन, बरु आवाजविहीनहरुको आवाज बोल्ने सञ्चार प्रतिष्ठानहरु श्रमशोषण मुक्त छन् भन्ने सन्देश दिँदा इज्जत, प्रतिष्ठा बढ्दछ ।’

अबका दिनहरुमा समितिमा अतः श्रमजीवी पत्रकार, कर्मचारी र कामदारले समयमै र तोकिएबमोजिम तलव नपाएको गुनासो सुन्न नपरोस भन्दै सबै प्रतिष्ठानले ध्यान पुर्याउन अध्यक्ष खड्काले आव्हान गरेकी छिन ।