तलब खुवाउने पैसा समेत पाउन सकिएन : चेम्बर अध्यक्ष मल्ल
वि.सं.२०७९ असोज १२ बुधवार २०:२५
shares
फाइल फोटो
काठमाडौं, १२ असोज । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले तलब वितरण गर्नका लागि समेत बैंक बाट पैसा नपाएको गुनासो गरेका छन् । बुधबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको जर्नल विमोचन तथा पुरस्कार विरण कार्यक्रममा अध्यक्ष मल्लले यस्तो गुनासो गरेका हुन् ।
आफूले कर्मचारीको तलब खुवाउनका लागि ४० लाख रुपैयाँ निकाल्न खोज्दा उपत्यकाका तीन वटै जिल्लामा रहेका बैंका जाँदा पनि नपाएको उनले सुनाए । पछिल्लो समय राष्ट्र बैंकले लिएको नीतिका कारण ब्याजदर बढेको भन्दै यसले व्यवसाय गर्ने वातावरणमा प्रभाव पारेको उनको धारणा थियो ।
पछिल्लो समय ब्याजदरमा भएको वृद्धिले निजी क्षेत्र मर्कामा परेको भन्दै यसलाई व्यवस्थीत गर्नु पर्ने उनको भनाई थियो । मुलुकलाई आत्मनिर्भर बनाउनका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने भन्दै यसका लागि निजीक्षेत्र मैत्री नीति नियमहरु आवश्यक रहेको उनले बताए ।
पत्रकारहरुले सत्यतथ्य समाचार सम्प्रेसण गर्नु पर्ने र सम्बन्धित निकायलाई घचघच्याउनु पर्ने उनको भनाई थियो । राज्यको चौथो अंकले जनतालाई सुसुचित गर्ने कुरामा कुनै पनि कसर बाँकी राख्न नहुने उनकाले बताए ।

















