अमेरिकी डलरको मूल्य १३१ रुपैयाँ ४१ पैसा
वि.सं.२०७९ असोज १३ बिहीवार ०९:०५
shares

काठमाडौं, १३ असोज । अमेरिकी डलरको मूल्यले बिहीबार नयाँ रेकर्ड कायम गरेको छ । पछिल्ला दिनहरुमा लगातार रुपमा नयाँ कर्डक बनाउँदै आएको डलरको मूल्य बिहीबार १३१ रुपैयाँ ४१ पैसा पुगेको हो ।
नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको विनिमयदर १३१ रुपैयाँ ४१ पैसा तोकेको छ । एक महिनायता गएको शुक्रवार नयाँ रेकर्ड बनाएको डलरको भाउ त्यसयता निरन्तर उकालो लाग्दै आएको छ ।
रेक दिन अमेरिकी डलरको भाउ उकालो लागेपछि नेपाली मुद्रा पनि अहिलेसम्मकै कमजोर बनेको छ । पछिल्ला दिनहरूमा विश्व बजारमा डलरको माग बढिरहेकाले भाउ पनि बढेको हो । अमेरिकी डलरको मूल्यमा भएको वृद्धिले नेपालीको भान्सा देखि निर्माण कार्यसमेत असर पर्छ । डलरको मूल्य बढ्दा निर्यातमुखि अर्थतन्त्र भएको देशलाई मात्रै फाइदा पुग्ने अर्थविद् डा.चन्द्रमणी अधिकारीले बताए ।

















