दशैँको चौथो दिन कुष्माण्डा भगवतीको पुजा गरिँदै
वि.सं.२०७९ असोज १३ बिहीवार ०९:०९
4.2K
shares
shares
काठमाडौं, १३ असोज । दशैँको चौथो दिन आज कुष्माण्डा भगवतीको पुजा अर्चना गरिँदैछ । कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पुजा गरिन्छ । कुष्माण्डाको लौकिक अर्थ कुभिण्डो हो ।
उष्ण हावापानीको प्रकृतिमा हुर्किने तर भित्री गुण शीतप्रद हुने फल कुभिण्डोलाई कुष्माण्डा देवीको प्रतीक मानेर दशैँमा यसको पुजाआजा गर्ने चलन छ ।
आज पनि बिहानैदेखि काठमाण्डौ उपत्यकासहित देशभरका शक्तिपीठ तथा देवी मन्दिरमा भक्तजनको भिड छ ।

















