Dhulikhel Eco Banner new

गोरखाबाट काठमाडौंको लागि फूलपाती पठाइयो

5.17K
shares

काठमाडौं, १६ असोज । गोरखा मन्दिरको दशैँघरबाट काठमाडौंको हनुमानढोकामा रहेको दशैँघरमा फूलपाती लगिएको छ । गोर्खामा विधिपूर्वक गएराति संंकलन गरिएको फूलपाती आज बिहान मोटरमा राखेर हनुमानढोका ल्याउन लागिएको हो ।

गोरखा मन्दिरका पुजारी र सुसारेले अघिल्लो दिन गोर्खा नगरपालिका वडा नम्बर ८ को पिप्लेफाँटमा विधिपूर्वक संकलन गरेको फूलपाती काठमाडौं पठाइएको हो । दरबार परिसरको चण्डीथानका पूजारी कुलबहादुर थापा र नेपाल प्रहरीका सिपाही देवकुमार थापा बा २ झ ३८८२ नम्बरको सरकारी गाडीमा फूलपाती लिएर काठमाडौं तर्फ हिडेका हुन् ।

फूलपाती पठाउने क्रममा बाजागाजासहित हर्षोल्लास मनाइएको थियो । तत्कालीन राजा पृथ्वीनारायण शाहले काठमाडौं राज्य जितेपछि गोर्खाबाट फूलपाती हनुमानढोका दशैँघरमा लैजाने परम्परा बसाएका थिए । उनले विसं १८२५ सालमा काठमाडौंमा विजय प्राप्त गरेका थिए ।